ad ad

राजनीति


गृहमन्त्रीको जवाफमा एमालेले चित्त बुझाएन, उच्चस्तरीय समितिको अडान यथावत

सदनमा विरोध जारी रहेको घोषणा
गृहमन्त्रीको जवाफमा एमालेले चित्त बुझाएन, उच्चस्तरीय समितिको अडान यथावत

एमाले सचेतक महेश बर्तौला। तस्बिर : नेपालखबर


नेपालखबर
साउन २३, २०८० मंगलबार १८:३३, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास र सुन तस्करी प्रकरणलाई लिएर दिएको जवाफमा आपत्ति जनाएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले एमालेले संसद् अवरोध गरेका कारण आफूले आएर जवाफ दिन नपाएको आशय व्यक्त गरेपछि एमालेले आपत्ति प्रकट गरेको हो।

यसबीचमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक चलेको स्मरण गराउँदै एमाले सचेतक महेश बर्तौलाले गृहमन्त्रीले आफूहरुलाई दोष दिएर उम्किन नपाउने बताए।

साउन ३ गते बरामद भएको १०० केजी सुनबारे गृहमन्त्री र अर्थमन्त्रीलाई थाहा नभई प्रधानमन्त्रीलाई मात्रै थाहा भएको विषय नै शंकास्पद रहेको उनले बताए।

सुन तस्करी प्रकरणको अनुसन्धानको दायरमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि ल्याउनुपर्ने बताउँदै बर्तौलाले त्यसकै लागि उच्चस्तरीय समिति चाहिएको बताए।

उनले उच्चस्तरीय छानबिन समितिको माग यथावत रहेको बताउँदै सरकारले तस्करलाई संरक्षण गरिरहेको पनि उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .