ad ad

खेल


डेम्बेलेले पनि छाडे बार्सिलोना, पीएसजीमा गरे ५ वर्षको सम्झौता

डेम्बेलेले पनि छाडे बार्सिलोना, पीएसजीमा गरे ५ वर्षको सम्झौता

नेपालखबर
साउन १९, २०८० शुक्रबार १४:४९, काठमाडौँ

फ्रान्सका विङ्गर उसमाने डेम्बेले पीएसजीमा आवद्ध भएका छन्। अकस्मात रुपमा बार्सिलोना छाड्ने निर्णय लिएका डेम्बेलेको पीएसजीमा शुक्रबार नै स्वास्थ्य परीक्षण गरिने तयारी छ।

बुधबारसम्म बार्सिलोनाको टोलीमा रहेका डेम्बेले बिहीबार नै पेरिस पुगिसकेका छन्। पीएसजीमा उनले ५ वर्षको सम्झौता गर्ने सहमती भइसकेको छ। बार्सिलोनाले उनीसँग सम्झौता थप गर्न चाहेपनि डेम्बेलेले पीएसजीको प्रस्ताव स्वीकार गरिसकेका थिए।

अन्ततः बार्सिलोना सरुवा सुल्क ५० मिलियन लिएर डेम्बेलेलाई छाड्न बाध्य भयो। बार्साका प्रशिक्षक जाभी हर्नान्डेजले पनि डेम्बेलेलाई राख्न चाहेका थिए। डेम्बेलेको बार्सा छाड्न निर्णयबाट आफू आश्चर्यमा परेको जाभीले बताएका छन्।

बार्सिलोनामा डेम्बेलेले पूरा समय खेल्न पाएका थिएनन्। पहिलो रोजाईका लागि पनि राफिन्हा, अंशु फाती, फेरान टोरेससँग संघर्ष गर्नु परेको थियो। उता पीएसजी भने मेस्सीले छाडेसँगै उनको स्थानमा आक्रमक खेलाडीको खोजिमा थियो।

एम्बाप्पेले पनि जुनसुकै बेला क्लब छाड्न सक्ने अवस्था छ। यसैसिजन सम्झौता सकिएपछि स्पेनिस क्लब रियल मड्रिडमा जाने एम्बाप्पेको तयारी छ। तर पीएसजीले सम्झौता नवीकरण गर्न दबाब दिइरहेको छ। आकर्षक अफर पाउँदा पनि एम्बाप्पेले सम्झौता नविकरण गर्न अस्वीकार गरेका छन्।

एम्बाप्पे र क्लबबीच तनाव बढ्दै जाँदा पीएसजी नयाँ स्ट्राइकरको खोजिमा लागेको छ। पीएसजीले पोर्चुगिज स्ट्राइकर गोन्कालो रामोस भित्र्याउने तयारी गरेको छ। रामोससँग क्लब सहमती नजिक छ। रामोस गएको विश्वकपमा ह्याट्रिक गरेसँगै ठूला क्लबको नजरमा परेका थिए।

२२ वर्षीय फर्वार्ड पोर्चुगिज क्लब बेन्फिकामा आवद्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .