खेल


म्यानचेस्टर यूनाइटेडमाथि लिभरपुलको सनसनीपूर्ण जित

म्यानचेस्टर यूनाइटेडमाथि लिभरपुलको सनसनीपूर्ण जित

नेपालखबर
माघ ६, २०७६ सोमबार १:४५,

इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानेचेस्टर यूनाइटेडमाथि सनसनीपूर्ण जित निकाल्दै लिभरपुलले शीर्ष स्थानमा १६ अंकको अग्रता कायम गरेको छ।

३० वर्षपछि उपाधि उचाल्ने अभियानमा रहेको लिभरपुलले यूनाइटेडलाई २-० ले हराएसँगै आफ्नो उपाधि यात्रा सहज बनाएको हो। जितसँगै दोस्रो स्थानको सिटी भन्दा लिभरपुलको अग्रता १६ अंकको भएको छ।

योर्गन क्लोपको टोलीलाई भिर्गिल भान डाइकले १४औं मिनेटमा हेड गोल गर्दै अग्रता दिलाएका थिए। मोहम्मद सलाहले इञ्जुरी समयमा दोस्रो गोल गर्दै खेल टुंग्गाए।

२००८ देखि २०११ सम्म घरेलु मैदानमा यूनाइटेडलाई लगातार पराजित गरेपछि यसपटकमात्रै लगातार तीनचोटी लिभरपुलले उसलाई पराजित गरेको हो। यूनाइटेडले पछिल्ला १६ मध्ये ९ अवे खेलमा हार ब्यहोरेको छ।

जसमा ३ मा मात्रै जीत हात पार्न सकेको उसले ४ मा बराबरी खेलेको छ। आठ खेलमा उसले गोल गर्न सकेको छैन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad