ad ad

खेल


पहिलोपटक एसियाबाहिर फुटबल खेल्न इजरायल गइन् साम्बा

पहिलोपटक एसियाबाहिर फुटबल खेल्न इजरायल गइन् साम्बा

नेपालखबर
साउन १६, २०८० मंगलबार ९:२, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफ फुटबल क्लबकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) युरोपियन लिग खेल्न इजरायल प्रस्थान गरेकी छन्। 

साम्बा मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन्।  

साम्बा इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा एक सिजनका लागि अनुबन्ध भएकी हुन्।

इजरायल एसियाली महादेशमा भए पनि फुटबल भने युरोपमा खेल्ने गर्छ। 

मालदिभ्सबाट व्यावसायिक खेल जीवन सुरु गरेकी साम्बाले भारतीय लिगमा तीन सिजन बिताइसकेकी छन्। तिनै सिजन क्लबलाई च्याम्पियन बनाउन साम्बाले महत्त्वपूर्ण भूमिका खेलिन्।

पछिल्लो सिजन भारतीय लिग (आईडब्ल्यूएल) मा गोकुलम केरला एफसीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी साम्बा लिगको सर्वाधिक गोलकर्ता बनेकी थिइन्। साम्बाले लिगका १० खेलमा २९ गोल गरेकी थिइन्।

भारतीय शीर्ष लिगमा तहल्का मच्चाएसँगै साम्बाको चर्चा थप चुलिएको छ।

राष्ट्रिय टोलीबाट ४५ खेलमा ४४ गोल गरेकी साम्बा नेपालको सर्वाधिक गोलकर्ता हुन्।

घरेलु फुटबलमा एकछत्र राज गरेकी ‘गोल मेसिन’ साम्बा पहिलोपटक एसियाबाहिर खेल्न लागेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .