ad ad

खेल


ए डिभिजन लिगमा दोस्रो जितपछि रेलिगेसन जोनबाट उम्कियो फ्रेन्ड्स क्लब

ए डिभिजन लिगमा दोस्रो जितपछि रेलिगेसन जोनबाट उम्कियो फ्रेन्ड्स क्लब

नेपालखबर
माघ ५, २०७६ आइतबार १२:१८,

सहिद स्मारक ए डिभिजन फुटबल लिगमा दोस्रो जित निकाल्दै फ्रेण्ड्स क्लब ‘रेलिगेसन जोन’बाट बाहिर निस्किएको छ। ललितपुरको एन्फा मैदानमा आइतबार भएको खेलमा फ्रेन्ड्सले सरस्वती युथ क्लवलाई ४–१ को फराकिलो अन्तरले पाखा लगाएको हो।

खेलको पाँचौँ मिनेटमा उत्तम राईको गोलमा बनाएको अग्रता फ्रेण्ड्सले २४औं मिनेटमा साउलो डिको गोलमा दोब्बर पा¥यो। खेलको ७०औं मिनेटमा वाग्नर डिले गोल गरे। ८६औं मिेनटमा उत्तम राईले व्यक्तिगत दोस्रो गोल गरे।

खेलको ८०औं मिनेटमा सरस्वतीका काजिम बुसारीले सान्त्वना गोल फर्काए।

जितसँगै फ्रेण्ड्स ८ अंकसहित नवौँ स्थानमा उक्लिएको छ। फ्रेण्ड्सले हालसम्म २ मा जित ३ मा हार र २ मा बराबरी गरेको छ। जितविहीन सरस्वतीले भने १ खेलमा बराबरी गर्दै १ अंकमा पुछारमा रहेको छ भने बाँकी सबै खेलमा पराजित भएको छ।

आजै भएको पहिलो खेलमा दर्शन गुरुङ्गको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबलमा चौथो जित दर्ता गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा एनआरटीले एपीएफलाई ३–२ ले पराजित गरेको हो।

एनआरटीको जितमा आन्द्रे थेरि,जोर्डन एनडेम्बा र दर्शन गुरुङले गोल गरे। एपीएफका लागि दुवै गोल आशिस लामाले गरे।

सातौ चरणसम्म एनआरटी पाँचौ तथा एपीएफ ५ अंकमा तेह्रौ स्थानमा छ।

सातौ चरणको अन्तिम खेलमा सोमबार ब्रिगेड ब्वाइज र संकटा तथा च्यासल युथ क्लव र त्रिभुवन आर्मी भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .