ad ad

कारोबार


पर्यटन बोर्डको सीईओका लागि तीन जनाको नाम सिफारिस

पर्यटन बोर्डको सीईओका लागि तीन जनाको नाम सिफारिस

नेपालखबर
माघ ५, २०७६ आइतबार १२:२८,

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तीन जनाको नाम सिफारिस भएको छ। बोर्डको सीईओ छनोट समितिले धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम सिफारिस गरी बोर्डमा पठाएको हो।

बोर्डको सञ्चालक समितिले बनाएको सीईओ छनोट समितिको आजको बैठकले नयाँ सीइओ नियुक्तिका लागि तीन जनालाई सिफारिस गरेको हो। तीन जनाको नामबाट १ जना बोर्डको सीईओ बन्नेछन्। यसैबीच, आज बस्ने भनिएको बोर्ड बैठक भोलिका लागि सरेको छ।

सीईओका लागि कुल १७ जनाले आवेदन दिएका थिए। तीमध्ये प्रारम्भिक रुपमा ९ जनाको नाम छनोट भएको थियो। त्यसमध्ये अन्तिम तीन जनाको नाम सिफारिस भएको हो। ती तीन जनाबाट बोर्ड बैठकले एक जनालाई सीईओ छान्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .