नेकपा सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए।
आाइतबार बिहान अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको बैठकमा यसबारे सहमति जुटेको थियो।
सापकोटाको नामलाई अपरान्ह नेकपा सचिवालय बैठकले अनुमोदन गरेको थियो।
बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ मा राजीनामा दिएपछि सो पद रिक्त थियो।
सापकोटा नेकपा स्थायी समिति सदस्य हुन्।
प्रतिक्रिया