ad ad

खेल


महिला विश्वकप फुटबलमा हिजाब लगाउने पहिलो खेलाडी बनिन् बेन्जिना

महिला विश्वकप फुटबलमा हिजाब लगाउने पहिलो खेलाडी बनिन् बेन्जिना

नेपालखबर
साउन १४, २०८० आइतबार १४:७, काठमाडौँ

मोरक्को राष्ट्रिय टोलीकी डिफेन्डर नौहाइला बेन्जिना महिला विश्वकप फुटबलमा हिजाब (इस्लामिक हेडस्कार्फ) लगाउने पहिलो खेलाडी बनेकी छन्। 

२५ वर्षिया बेन्जिनाले दक्षिण कोरियाविरुद्धको खेलमा हिजाब लगाएर खेलेकी हुन्। 

अस्ट्रेलियाको हिंदमार्श स्टेडियममा आइतबार भएको खेल मोरक्कोले १–० ले जितेको थियो। 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०१४ मा धार्मिक कारण टाउको छोप्ने अनुमति दिएको थियो। 

मोरक्को विश्वकपका डेब्यु गर्ने ८ टोलीमध्ये एक हो। 

मोरक्को क्लबबाट फुटबल खेल्ने बेन्जिना सिनियर महिला प्रतियोगितामा हिजाब लगाउने पहिलो खेलाडी हुन्। 

जर्मनीविरुद्धको खेलमा बेन्जिना बेन्चमा सीमित थिइन्। जुन खेलमा मोरक्को ६–० ले हारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .