ad ad

खेल


विश्वकप एशियाली छनोट प्लेअफ खेलका लागि प्रारम्भिक टोलीमा तीन खेलाडी थप

विश्वकप एशियाली छनोट प्लेअफ खेलका लागि प्रारम्भिक टोलीमा तीन खेलाडी थप

नेपालखबर
साउन १२, २०८० शुक्रबार १५:३७, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले सन् २०२६ मा अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपको एशियाली छनोटको प्लेअफ खेलका लागि घोषणा गरेको प्रारम्भिक टोलीमा तीन खेलाडी थप गरेका छन्।

मुख्य प्रशिक्षक एनेसेले फ्रेण्ड्स क्लबका मिडफिल्डरद्धय सन्तोष खत्री र कुशल फुयाल तथा जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई टोलीमा बोलाएका हुन्।

यो सँगै नेपालको प्रारम्भिक टोली ३३ सदस्यीय पुगेको छ। यसअघि टोलीले ३० सदस्यलाई प्रारम्भिक छनोटका लागि टोलीमा बोलाएका थिए।

नेपाली टोली

गोल किपर : किरणकुमार लिम्बु (आरजी पञ्जाव एफसी), अनिश देउला (जावलाखेल युथ क्लब), दीप कार्की (मनाङ मर्स्याङ्दी क्लब), अभिषेक बराल (सातदोबाटो युथ क्लब)

रक्षापंक्ति: विमल पाण्डेय (त्रिभुवन आर्मी क्लब), सनिश श्रेष्ठ (एपीए फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मच्छिन्द्र फुटबल क्लब), अनिष गुरुङ (मनाङ मर्स्याङ्दी क्लब), रोहित (पेर्सिक केद्री), सिमान्त थापा (जावलाखेल क्लब), एन्जल महर्जन (फ्रेन्ड्स क्लब), छिरिङ लामा (जावलाखेल क्लब), अन्जन राई (नेपाल पुलिस क्लब)

मिडफिल्डर : एरिक विष्ट चर्च ब्वाइज युनाइटेडd), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लाकेन लिम्बु (थ्री स्टार क्लब), आवास लामिछाने (एपीएफ फुटबल क्लब), उत्सव राई (मच्छिन्द्र फुटबल क्लब), विशाल तामाङ (जावलाखेल क्लब), विवेक पौडेल (चर्च ब्वाइज युनाइटेड), क्रिटिश रत्न छुन्जु (एनआरटी) सन्तोष खत्री (फ्रेण्ड्स क्लब) र कुशल फुयाल (फ्रेण्ड्स क्लब)

फरवार्ड : आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), जिलेस्पी जंग कार्की (त्रिभुवन आर्मी क्लब), दिनेश हेन्जन (त्रिभुवन आर्मी क्लब) हिसुब थपलिया (जावलाखेल युथ क्लब)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .