ad ad

खेल


महिला विश्वकप : पोर्चुगलको पहिलो जित, भियतनामको दोस्रो हार

महिला विश्वकप : पोर्चुगलको पहिलो जित, भियतनामको दोस्रो हार

नेपालखबर
साउन ११, २०८० बिहिबार १५:४४, काठमाडौँ

फिफा महिला विश्वकपमा पोर्चुगलले पहिलो जित निकालेको दिन भियतनामले भने लगातार दोस्रो हार व्यहोरेको छ।

न्युजिल्यान्डको वाइकाटो स्टेडियममा बिहिबार भएको खेलमा पोर्चुगलले भियतनामलाई २-० गोल अन्तरले हराएको छ। 

पोर्चुगलले दुवै गोल पहिलो हाफमा गरेको हो। 

खेलको सातौं मिनेटमा टेल्मा इन्कार्नोकाओको गोलमा पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो। 

२१औं मिनेटमा किका नाजरथले पोर्चुगलको अग्रता दोब्बर पारिन्। जितसँगै पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै रहेको छ। 

एक खेलमा जित र एक खेलमा हार भोगेको पोर्चुगल ३ अंकमा तालिकाको तेस्रो स्थानमा छ। लगातार दोस्रो हार भोगेको भियतनाम तालिकाको पुछारमा छ। 

एक खेलमा जित र बराबरी गर्दै ४ अंक बनाएका अमेरिका शीर्ष र नेदरल्याण्ड दोस्रो स्थानमा छ। समान अंक भएपनि अमेरिका गोलअन्तरमा शीर्ष स्थानमा रहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .