ad ad

खेल


फिलिपिन्ससँग स्तब्ध न्यूजिल्यान्ड, गुमायो नकआउट चरणमा पुग्ने सुवर्ण अवसर

महिला विश्वकप
फिलिपिन्ससँग स्तब्ध न्यूजिल्यान्ड, गुमायो नकआउट चरणमा पुग्ने सुवर्ण अवसर

नेपालखबर
साउन ९, २०८० मंगलबार १३:३७, काठमाडौँ

जारी महिला विश्वकप फुटबल प्रतियोगितामा आयोजक न्युजिल्यान्डलाई फिलिपिन्सले स्तब्ध बनाएको छ। 

वेलिङ्टनमा मंगलबार भएको खेलमा फिलिपिन्ससँग १-० गोलले हारेसँगै न्युजिल्यान्डले नकआउट चरणमा पुग्ने सुवर्ण अवसर पनि गुमाउन पुगेको छ। 

फिलिपिन्सका लागि यो ऐतिहासिक जित पनि हो। यो प्रतियोगितामा फिलिपिन्सबाट ८ खेलाडीले डेब्यु गरेका थिए। जितपछि उनीहरुले मैदानमा उत्सवमय खुसियाली साटासाट गरे।

सह-आयोजक न्युजिल्यान्डले पहिलो खेलमा नर्वेलाई पराजित गरेको थियो। यस्तोमा फिलिपिन्सलाई आज हराएको भए एक खेलअगावै न्युजिल्यान्ड नकआउट चरणमा पुग्ने थियो। तर उसले नतिजा फिलिपिन्सलाई सुम्पिन बाध्य भएको हो। 

फिलिपिन्सको सनसनीपूर्ण जितमा सरिना बोल्डेन निर्णायक बनिन्। महिला विश्व कपमा देशका लागि पहिलो गोल गर्ने क्रममा उनले सारा एगेसविकको क्रस बललाई २४ औँ मिनेटमा जाली चुमाएकी थिइन्। 

घरेलु दर्शकको साथ पाएको न्युजिल्यान्डले दोस्रो हाफमा खेलमा फर्किने कोसिस गरेको थियो। तर भिडिओ एसिस्टेन्स रेफ्रीले ज्याकी ह्यान्डको एक गोललाई अफसाइड ठहर गरिदियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .