ad ad

खेल


नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

नेपालखबर
साउन ७, २०८० आइतबार १६:६, काठमाडौँ

पौडीवाज नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

नासिरले ४ सय मिटिर फ्रिस्टायलमा ४ मिनट ८.२३ सेकेन्ड कायम गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन्।

यसअघि नासिरको नाममा ४ मिनट १२.१७ सेकेन्ड समयको कीर्तिमान थियो। नासिरले सो कीर्तिमान गत असारमा भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा कायम गरेका थिए।

नासिरले भोलि २०० मिटर फ्रिस्टायल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .