ad ad

खेल


मनमोहन स्मृति कपको उपाधिका लागि पुलिस र आर्मी भिड्ने

मनमोहन स्मृति कपको उपाधिका लागि पुलिस र आर्मी भिड्ने

नेपालखबर
माघ २, २०७६ बिहिबार १०:५९,

मनमोहन स्मृति एक दिवसीय क्रिकेटको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएका छन्। सुनसरीमा जारी प्रतियोगितामा सदुरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिसले आर्मीसँगको भेट पक्का गरेको हो। उपाधि भिडन्त पर्सि शनिबार हुनेछ। 

पुलिसले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम ३३ दशमलव ४ ओभरमा १ सय ३० रन जोड्दा अलआउट भयो। सागर ढकालले घातक बलिङ गरेपछि सुदुरपश्चिम कम स्कोरमा समेटिएको हो। ६ दशमलव ४ ओभर बलिङ गरेका उनले मात्र ९ रन खर्चेर १ मेडनसहित ५ विकेट लिए। ललित राजवंशीले ३ र ललित भण्डारीले १ मेडनसहित १ विकेट लिए। योगेन्द्रसिंह कार्कीको नाममा एक विकेट रह्यो।

किरण ठगुन्नाले जोडेको ३९ रन नै सुदुरपश्चिमका लागि सर्वाधिक रह्यो। ४६ बलको सामना गरेका उनले ३ छक्का र २ चौका प्रहार गरे। आकाश चन्द २३ रनमा नटआउट रहे। खडक बोहोराले १४ रन जोडेको इनिङस्मा गजेन्द्र बोहोराले १२ रन जोडे। ५ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन नसक्दा २ ब्याट्सम्यानले खातै खोलेनन्।

त्यसअघि इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिस क्लबले ४९ ओभरमा २ सय २९ रन बनाउदा अल आउट भयो। दोस्रो विकेटका लागि अमित श्रेष्ठ र दीपेन्द्र सिहं ऐरिले ५४ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए। ऐरिले ६८ रनको महत्वपुर्ण योगदान दिदा एलबी डब्लु धरापमा परे।

अनिल कुमार शाह ३१ रनमा आकाश चन्दबाट क्याच हुँदै पेभिलिएन फर्के। अनिलले ३९ बलमा ४ चौका हाने। तल्लोक्रममा तीब्र गतिका बलर ललित सिंह भण्डारीले ४० बलमा २ चौका र ४ छक्का सहित ४० रन जोड्दै पुलिसलाई बलियो प्रतिस्पर्धात्मक योगफलमा पुर्‍याएका थिए। कप्तान मञ्जित श्रेष्ठ र सागर ढकालले ९–९ रन जोडे।

स्पिनर विनोद लामाले ५७ रन खर्चेर ३ विकेट लिए। शेर मल्लले १० ओभरमा १ मेडन सहित ४५ रन खर्चेर ३ विकेट लिए। आकश चन्दले ९ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। सन्तोष भट्टको नाममा १ विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .