ad ad

समाज


अष्ट्रेलिया डढेलोः लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा

अष्ट्रेलिया डढेलोः लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा

नेपालखबर
माघ २, २०७६ बिहिबार ११:०,

देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीहरुले बताएका छन्।

अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौ जनावर पनि जलेर मरेका छन्।

न्यु साउथ वेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले आगो नियन्त्रण नै हुने अवस्था भने नरहेको अधिकारीहरुले जनाएका छन्।

“आगलागी भएको क्षेत्रमा अहिले वर्षा भएपछि केही राहत महसूस त भएको छ, तर आगलागी नियन्त्रण नै हुने भने देखिएको छैन,” ग्रामिण अग्नी नियन्त्रण सेवाका अधिकारीहरुले सामाजिक सञ्जालमा लेखेका छन्।

Image result for rain in australia

वर्ष कति धेरै समय पर्छ र कति ठूलो हुन्छ भन्ने कुराले आगलागी नियन्त्रण हुन्छ की हुदैन भन्ने निर्धारण हुने उनीहरुले बताएका छन्।

आगलागी हुनुभन्दा अगाडीसम्म दर्जनौ ठाँउमा आगलागी भइरहेको विवरण अग्नी नियन्त्रण सेवाका अधिकारीहरुले दिएका थिए।

स्थानीय सञ्चार माध्यमहरुले पनि जलिरहेको जंगलमा वर्षा भएको भिडियो र फोटोहरु प्रकाशन तथा प्रसारण गरेका छन्। रासस/एएफपी

Image result for rain in australia

Image result for australia fire

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .