ad ad

खेल


साफ उपाधिका लागि भारत र कुवेत भिड्ने

साफ उपाधिका लागि भारत र कुवेत भिड्ने

नेपालखबर
असार १७, २०८० आइतबार ६:३२, काठमाडौँ

साफ च्याम्पियनसिपको उपाधिका लागि आयोजक राष्ट्र भारतसँग कुवेत भिड्ने भएको छ। 

शनिबार राति बैंग्लोरको कान्तिरभा स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा लेवनानलाई टाइब्रेकरमा ४–२ ले हराउँदै भारतले कुवेतसँगको भेट पक्का गरेको हो। 

खेलको निर्धारित समय र थप गरिएको ३० मिनेटमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। 

टाइब्रेकरमा भारतका ४ खेलाडीले गोल गर्दा लेबनानका दुई खेलाडी गोल गर्नबाट चुके। 

साफमा सन् १९९५ पछि पहिलोपटक सेमिफाईनलको निर्णय टाइब्रेकरबाट लिइएको हो। त्यो समयमा बंगलादेशलाई ४–२ ले हराउँदै भारत फाइनल पुगेको थियो। 

त्यसअघि शनिबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई १–० गोल अन्तरले हराउँदै कुवेत फाइनलमा पुगेको थियो।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा

अल्ब्लोसीले पेनाल्ल्टी बक्स भित्रबाट गरेको गोल नै कुवेतका लागि निर्णाायक बन्यो। 

कुवेत पहिलो सहभागितामा नै उपाधि नजिक पुगेको हो। 

समूह चरणमा भारत र कुवेत समूह 'ए' मा थिए। समूह चरणको अन्तीम खेल १–१ को बराबरीमा टुंगिएपछि कुवेत समूह विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनल पुगेका थिए।

कुवेत र भारत उपाधिका लागि मंगलबार भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .