ad ad

खेल


आईसीसी विश्वकपको उद्घाटन खेलमा भिड्दै छन् साविक विजेता र उपविजेता

आईसीसी विश्वकपको उद्घाटन खेलमा भिड्दै छन् साविक विजेता र उपविजेता

नेपालखबर
असार १२, २०८० मंगलबार १३:४२, काठमाडौँ

आईसीसी विश्वकप २०२३ को उद्घाटन खेलमा सन् २०१९ का साविक विजेता इंग्ल्यान्ड र उपविजेता न्युजिल्यान्ड भिड्नेछन्। 

भारतको अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा इंग्ल्यान्डले न्युजिल्यान्डसँग ५ अक्टोबरमा खेल्दा २०१९ को फाइनलको पुनरावृत्ति हुनेछ।

२०१९ को विश्वकपमा इंग्ल्यान्डले न्युजिल्यान्डसँगको सुपर ओभर पनि टाई भएपछि बढी बाउन्ड्री प्रहार गरेका आधारमा उपाधि जितेको थियो।

६ अक्टोबरमा पाकिस्तान र छनोटबाट आउने पहिलो टोलीबीच हैदराबादमा प्रतिस्पर्धा हुनेछ। 

आयोजक भारतले अक्टोबर ८ मा चेन्नईमा पाँचपटकको विश्वकप विजेता अस्ट्रेलियासँग खेल्नेछ। विश्व क्रिकेटमा बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा अहमदाबादमा हुनेछ।

अन्तर्राष्ट्रिय खेलकुद परिषद् (आईसीसी) ले मंगलबार विश्वकप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ। ५ अक्टोबर देखि १९ नोभेम्बरसम्म भारतका १० स्थानमा हुने खेलमा १० टोलीले स्पर्धा गर्नेछन्। लिगको अन्तिम खेल १२ नोभेम्बरमा अस्ट्रेलिया र बंगलादेशबीच हुनेछ। 

विश्वकपमा लिगमा एकअर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्। विश्वकपको पहिलो सेमिफाइनल १५ र दोस्रो १६ नोभेम्बरमा हुनेछन्। 

फाइनल १९ नोभेम्बरमा अहमाबादमा हुनेछ। 

४६ दिन चल्ने विश्वकप भारतको हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बेंग्लोर, मुम्बई र कोलकातामा हुनेछ।

हैदराबादका अतिरिक्त गुवाहाटी र तिरुवनन्तपुरमले २९ सेप्टेम्बर देखि ३ अक्टोबरसम्म अभ्यास खेल आयोजना गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .