ad ad

राजनीति


‘पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्नुपर्छ’

‘पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्नुपर्छ’

नेपालखबर
असार १२, २०८० मंगलबार १३:४६, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी छन्।

सांसद गौतमले धर्मको नाममा जलहरी चढाउनेजस्ता नौटंकी बन्द गरी पशुपतिनाथमा चढाइएका सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी हुन्। मंगलबार प्रतिनिधिसभाको दोसो बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै पशुपतिनाथमा अर्पित जलहरीमा आफ्नो नाम लेखाएको भन्दै निन्दा र भत्सर्ना समेत गरिन्।

त्यस अवसरमा सांसद गौतमले पशुपतिनाथको मन्दिरमा दान पेटिका हराएको, घ्याम्पो हराएको जस्ता कुराहरु बाहिर आएको उल्लेख गर्दै त्यसबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गरिन्।

‘भाङग्रा ओढी बाघको छाला बस्ने भोले बाबाले मलाई सुनको जलहरी चढाऊ भनेका थिए कि? नत भोलेनाथलाई सुनको जलहरी चढाउँदा शिवलिंगको मौलिक स्वरुपनै दर्शन गर्न पाइने हुन्छ कि? आराध्यदेव पशुपतिनाथलाई जथाभावी विवादमा ल्याएर सारा हिन्दुहरुको भावनामा चोट पुग्ने काम भएको छ।’

उनले थपिन्, ‘धर्मको नाममा नौटंकी बन्द गराई चढाइएको सबै सुन राज्य कोषमा दाखिला हुने गरी पशुपतिनाथको मौलिक स्वरुप देखिने गरी पुरानै अवस्थामा राखियोस।’

उनले पशुपतिमा अर्पित जलहरीमा ढिलै भएपनि अख्तियारले परीक्षण गर्नु राम्रो कुरा भएको बताइन्।

साथै, जलहरीको परीक्षणगर्दा १३ जनाको नाम पार्वतीका अंगका रुपमा पूजिने जलहरीको सुवर्णपेटिकामा कुँदेर लेख्ने मोह निन्दनीय भएको बताइन्।

उनले भनिन्, ‘भगवानको गर्भगृहमा आफ्नो नाम लेखाउने मोह जाग्नु, यस्तो बुद्धि कहाँबाट प्रकट हुन्छ सभामुख महोदय? हामीले भगवानको अंगको रुपमा पुज्ने पेटिकामा दैनिक तन्त्र र वैदिक विधिपूर्वक अडचना हुन्छ सभामुख महोदय। पशुपतिनाथकै मन्दिरमा बरु दान पेटिका हराएको, घ्याम्पो हराएको जस्ता कुराहरुको सत्यतथ्य जानकारी पनि यस सदनलाई दिनु पर्छ भन्ने मेरो आग्रह गर्न चाहन्छु ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .