भारतमा जारी साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपाली टोलीमा तीन खेलाडी परिवर्तन भएको छ।
टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसेले कुवेतविरुद्धको टोलीबाट तिन खेलाडी परिवर्तन गरेका हुन्।
प्रशिक्षक एनेसेले भारतविरुद्ध फरवार्ड विमल घर्ती मगर, विंगर आयुष घलान र डिफेन्डर देवेन्द्र तामाङलाई सुरुवाती रोजाईमा मैदान उतार्दैछन्।
नेपालको डिफेन्समा सनिश श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ र देवेन्द्र तामाङ हुनेछन्। खेलाउने देखिन्छ। मिडफिल्डमा एरिक विष्ट र लाकेन लिम्बु खेल्नेछन्।
अग्रपक्तीमा अन्जन विष्ट, मनिष डाँगी र आयुष घलान र विमल घर्ती मगर खेल्नेछन्। नेपालको गोलपोष्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन्।
नेपालले पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएको थियो।
भारतविरुद्ध खेल्ने नेपाली टोलीः
किरण चेम्जोङ, अनन्त तामाङ, लाकेन लिम्बु, एरिक विष्ट, विमल घर्तिमगर, आयुष घलान, अञ्जन विष्ट, देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, मनिष डाँगी र रोहित चन्द।
Shares

प्रतिक्रिया