ad ad

खेल


नेदरल्यान्ड्ससामु नेपाल निरीह, १ सय ६७ रनमै अलआउट

नेदरल्यान्ड्ससामु नेपाल निरीह, १ सय ६७ रनमै अलआउट

नेपालखबर
असार ९, २०८० शनिबार १६:७, काठमाडौँ

आईसीसी विश्वकप छनोट अन्तर्गत नेदरल्यान्ड्ससामु निरीह देखिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले १ सय ६८ रनको सामान्य लक्ष्य दिएको छ। 

जिम्बाब्वेको ताकासिंगा क्रिकेट स्पोर्टस् क्लबमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा १ सय ६७ रन बनाउँदा अलआउट भयो। 

खराब प्रर्दशन गरेको नेपालले एक सय रन कटाउन २९ ओभरमा ५ विकेट गुमाएको थियो। 

नेपालका लािग कप्तान रोहित पौडेलले बनाएको ३३ रन नै सर्वाधिक रह्यो। ओडिआइमा ५० औं खेल खेलिरहेका कुशलले ५५ बलमा ३ चौका र १ छक्का हान्दा क्याच आउट भए। नेपालबाट ५० औं ओडिआइ खेल खेल्ने रोहित पहिलो खेलाडी हुन्।  

कुशल मल्ल २७, भिम सार्की २२, गुलसन झा १५ र दिपेन्द्र सिंह ऐरिले १४ रन थपे। कुशल मल्लले १२ रन बनाए। आरिफ शेख ६, करण केसी एक र आशिफ शेख शुन्य रनमा पवेलियन फर्के।

सन्दीप लामिछाने २७ रनमा क्याच आउट भए। सन्दीप ३३ बलमा ४ चौका हाने। ललित राजवंशी शुन्य रनमा नटआउट रहे। 

नेपालले नेदरल्याण्डस्विरुद्ध २ छक्का र ११ चौका मात्र प्रहार गर्यो।  

किफायती बलिङ गरेका नेदरल्यान्ड्सका बलरसामु नेपाली ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

नेदरल्यान्ड्सका लोगान भ्यान बेक एक्लैले चार विकेट लिए। विक्रमजित सिंह र बास डे लीडे ले दुई विकेट आफ्नो नाममा गरे। क्लेटन फ्लोयड र आर्यन दत्तले एक एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .