ad ad

खेल


नेपालका दुवै ओपनर आउट

नेपालका दुवै ओपनर आउट

नेपालखबर
असार ९, २०८० शनिबार १४:५, काठमाडौँ

आईसीसी विश्वकप छनोटअन्तर्गत नेदरल्याण्डस्विरुद्ध नेपालले दुवै ओपनर गुमाएको छ। 

नेपालले दोस्रो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई २७ रनमा गुमायो। १४.५ ओभरमा ४२ बलमा २ चौका हान्दै २७ रन बनाएका कुशल विक्रमजित सिंहको बलमा आउट भए। उनी किपरको हातबाट क्याच आउट भए। 

दोस्रो विकेटका लागि कुशल र भीम सार्कीले ३९ रनको साझेदारी गरे। पहिलो विकेटको रूपमा नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो।

शेख खेल लोगान भ्यान बेकको बलमा शुन्य रनमा बोल्ड आउट भए। 

जिम्बावेको ताकासिंगा क्रिकेट स्पोर्ट क्लबमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ। अहिलेसम्म नेपालले १५.१ ओभरमा २ विकेटको क्षतिमा ४९ रन बनाएर खेलिरहेको छ।

क्रिजमा भीम सार्की १४ र आरिफ शेख ६ रन बनाएर खेलिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .