ad ad

खेल


संकटकाबीच जंहानगिरको अर्धशतक

संकटकाबीच जंहानगिरको अर्धशतक

नेपालखबर
असार ५, २०८० मंगलबार १६:०, काठमाडौँ

आईसीसी विश्वकप छनोटमा संकटकाबीच अमेरिकाका सयान जंहानगिरले नेपालविरुद्ध अर्धशतक पूरा गरेका छन्। 

जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले ४२.२ ओभरमा ७ विकेटको क्षतिमा १ सय ६३ रन बनाएर खेलिरहेको छ।

अहिले क्रिजमा सयान ६४ र जस्सी सिंह १० रनमा नटआउट छन्। 

विकेट पतनसँगै संकटमा आएको अमेरिकाका लागि जहानगिरले ओडिआइ करियरकै पहिलो अर्धशतक पूरा गरेका हुन्। उनले ५६ बलमा सात चौका हान्दै अर्धशतक पूरा गरेका हुन्। 

अमेरिकाका तिन ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके। 

अमेरिकाका सुसान्त ओदानीले सर्वाधिक ४२ रन बनाए। गजानन्द सिंहले २६ रन थपे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .