ad ad

बागमती


विपद् प्रभावित बागमतीका किसानलाई ५६ लाख क्षतिपूर्ति

विपद् प्रभावित बागमतीका किसानलाई ५६ लाख क्षतिपूर्ति

नेपालखबर
असार ५, २०८० मंगलबार १६:१, काठमाडौँ

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आकस्मिक रोग तथा विपद्का कारण मारमा परेका कृषि फार्महरूलाई क्षतिपूर्ति तथा राहत दिएको छ।

मन्त्रालयले जेष्ठ मसान्तसम्ममा प्रदेशका ८ वटा कृषि फार्महरूलाई क्षतिपूर्ति दिएको हो। अफ्रिकन स्वाइन फिवरले प्रभावित कृषि फार्म तथा अन्य विपद्‌मा परेका कृषि फार्महरुलाई मन्त्रालयको कार्यविधिको आधारमा सिफारिस रकम क्षतिपूर्ति दिइएको मन्त्रालयले जनाएको छ।

चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्ममा मन्त्रालयले ५४ लाख ६१ हजार रुपैंया क्षतिपूर्ति तथा राहत वितरण गरेको मन्त्रालयले जनाएको हो।

जसमा काभ्रेपलाञ्चोक जिल्लाका ८ कृषि फार्महरु रहेका छन्। जसमध्ये काभ्रेको धुलीखेलमा रहेको नोबेल कृषि फार्मलाई ५ लाख ७० हजार क्षतिपूर्ति दिइएको छ। उक्त फार्मलाई ५७ वटा बंगुरको स्वाइन फिवरका कारण मृत्यु भएपछि सो रकम क्षतिपूर्ति दिइएको मन्त्रालयका पशु विकास शाखा प्रमुख निशान्त शर्मा गेलालले बताए। 

यस्तै, काभ्रे ३ मा रहेको हाम्रो माझीफेदा पशुपालन तथा कृषि फर्मलाई बाख्राको खोर बाढीले आंशिक रुपमा क्षति हुँदा ३६ हजार रुपैयाँ खोर सुधारको लागि क्षतिपूर्ति दिएको छ।

काभ्रे ९ पनौतीमा रहेको दाजुभाई एकीकृत बहुउदेश्यीय कृषि फर्मलाई ३५ हजार रुपैंया क्षतिपूर्ति तथा राहत दिएको छ। उक्त कृषि फर्ममा बाढि पसेर क्षति भएको पशु विकास महाशाखाले जनाएको छ। 

यस्तै, काभ्रेकै पनौती ५ मा रहेको गैरीगाउँ कृषि तथा पशुपन्छी फर्मलाई ८ लाख २० हजार रुपैंया क्षतिपूर्ति दिएको बताइएको छ। १ सय ८२ वटा बंगुरको क्षति भएकोले एक बंगुर बराबर १० हजार रुपैंया बराबरको क्षतिपूर्ति मन्त्रालय दिएको बताइएको छ। 

काभ्रेको टीम भिजन एग्रिकल्चर फर्मले १० लाख रुपैंया क्षतिपूर्ति पाएको छ। उक्त फर्ममा १ सय ७७ वटा बंगुरमा क्षति पुगेको बताइएको छ। यस्तै, काभ्रे १० को श्रेष्ठ बंगुर फर्मलाई १० लाख रुपैंया क्षतिपूर्ति दिइएको छ।

काभ्रे १० कै उन्नती हाम्रो बंगुर फर्मलाई पनि १० लाख रुपैंया क्षतिपूर्ति दिएको छ भने एस एस बंगुर तथा माछा कृषि फर्मलाई १० लाख रुपैयाँ क्षतिपूर्ति कृषि  तथा पशुपन्छी विकास मन्त्रालयले प्रदान गरेको पशु विकास महाशाखा प्रमुख निशान्त शर्माले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .