ad ad

खेल


युरोपेली खेलाडीको एसिया मोह

साउदी प्रो लिगमा विश्वचर्चित अनुहार
युरोपेली खेलाडीको एसिया मोह

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८० सोमबार २०:६, काठमाडौँ

कतार विश्वकप २०२२ पछि पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल हिलालमा आएपछि धेरैले उनको प्रशंसा गरे। 

केहीले उनको आलोचनासमेत गरे। कतार विश्वकपकै बेला इङ्लिस कलब म्यानेचस्टर युनाइटेडसँग सम्बन्ध तोेडेका उनी गत डिसेम्बरमा साउदी प्रो लिग क्लब अल नासारमा आवद्ध भएका थिए।  

रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेयिबामा करिअर अघि बढाएपछि अन्य युरोपियन खेलाडीहरु एसियन क्लबबाट खेल्न लालायित हुन थालेका छन्। यसको पछिल्लो उदाहरण हुन् वुल्भ्सका कप्तान रुबेन नेभेस। 

वुल्भ्सले कप्तान नेभेसलाई साउदी अरेबियन क्लब अल हिलाललाई ५५ मिलियन युरोमा बेच्न सम्झौता गरेको छ। 

रुबेनको ट्रान्सफरलाई वुल्भ्सले उत्कृष्ट व्यवसायका रुपमा लिएको छ। वुल्भ्सलाई बलियो बनाउन उनीहरुले प्रबन्धक जुलो लोपेटेगुइका लागि कोष बढाउने प्रयास गरिरहेका छन्। 

रुबेनले उल्भसलाई च्याम्पियनसिप जिताउन र प्रिमियर लिगको सातौँ स्थानमा पुग्न ठूलो भूमिका खेलेका थिए। रुबेनले वुल्भ्सका लागि सबै प्रतियोगितामा २५३ खेलबाट ३० गोल गरेका छन्। 

२६ वर्षीय पोर्चुगिज मिडफिल्डर रुबेनको सम्झौता इङ्लिस क्लब एक वर्ष बाँकी छ। गत सिजनको अन्त्यमा बार्सिलोनाले उनमा चासो दिएको थियो। 

यद्यपि बार्सिलोनाले स्वीकार्य प्रस्ताव ल्याउन नसक्दा उनी साउदी लिगमा सहभागी हुने ठूलो नामको खेलाडी बन्ने विकल्प लिएका छन्। 

यसअघि रियलका करिम बेन्जेमा यसै महिना अल इत्तिहादमा आएका थिए। रियलमा  १४ वर्ष बिताएका फ्रेन्च फुटबलर बेन्जेमा साउदी च्याम्पियन अल इत्तिहादमा ३ वर्षको सम्झौता गरेका हुन्। यस्तै चेल्सीका मिडफिल्डर एनगोलो कान्टे पनि उनीसँग जोडिएका छन्। 

किन आउँदैछन् एसिया?
युरोपियन फुटबलमा राम्रो प्रभाव जमाएका थुप्रै खेलाडी पछिल्लो समय एसियामा आउँदैछन्। रियलमा लामो समय बिताएका रोनाल्डो र बेन्जेमा आउनुले पनि एसियन फुटबलको स्तर बढिरहेको संकेत गरेको छ। 

युरोपियन फुटबलमा उमेर ढल्दै गएपछि खेलाडीहरुको प्रमुख गन्तव्य साउदी बन्न थालेको छ। साउदीको शीर्ष डिभिजन क्लब अल हिलाल र अल इत्तिहादले युरोपियन खेलाडीमा ठूलै खर्च गरिरहेको छ। 

एक समय अर्जेन्टिनी कप्तान लियोनल मेस्सी पनि साउदी अरेबियाको अल हिलाल क्लबमा आउने चर्चा थियो। तर उनी साउदी नआएर अमेरिक मेजर लिग सकर क्लब इन्टरमियामी पुगे। 

युरोपियन खेलाडीहरु साउदी प्रो लिग आउनुको मुख्य कारण आर्थिक फाइदा नै हो। तर यससँगै प्रतिस्पर्धा पनि बढ्दै गएको छ। 

साउदी पब्लिक इन्भेस्टमेन्ट फण्ड (पीआईएफ) ले चार साउदी प्रो लिग क्लबहरूमा नियन्त्रण गर्ने हिस्सेदारी प्राप्त गरेको छ। 

जसले लिगमा लगानीको लहर फैलाएको छ। उनीहरूसँग अल अहली, अल इत्तिहाद, अल हिलाल र अल नासरको स्वामित्व छ। जसले इङ्लिस क्लब न्युक्यासल युनाइटेडको स्वामित्व पनि किनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .