ad ad

खेल


जिम्बाब्वेविरुद्ध कुशल र आशिफको कीर्तिमानी साझेदारी

जिम्बाब्वेविरुद्ध कुशल र आशिफको कीर्तिमानी साझेदारी

नेपालखबर
असार ३, २०८० आइतबार १५:४, काठमाडौँ

आईसीसी विश्वकप अन्तर्गत नेपालले जिम्बाब्वेविरुद्ध दुवै ओपनरलाई गुमाएको छ।

हरारे स्पोट्र्स क्लबमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३३.५ ओभरमा दुवै ओपनरलाई गुमाएको हो। 

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले १ सय ७१ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरूवात दिलाएका थिए। 

नेपालले ओडीआई खेलमा कुनै पनि टोलीविरुद्ध पहिलो विकेटका लागि सबैभन्दा ठूलो साझेदारी हो। 

यसअघि गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए। 

भुर्तेल ९५ बलमा १३ चौका र २ छक्का मद्दतमा ९९ रन बनाउँदा बोल्ड आउट भए। करियरको दोस्रो शतक ननिक पुगेका कुशल वेलिंग्टन मसाकाद्जाको बलमा बोल्ड आउट भएका हुन्। 

अर्का ओपनर आशिफ ६६ रनमा क्याच आउट भए। एक सय बलको सामना गरेका आशिफले ७ चौका प्रहार गरे। लामो सट खेल्ने धुनमा रहेका आशिफ वेलिंग्टन मसाकाद्जा कै बलमा क्याच आउट भए। 

अहिले नेपाली टोली ३६ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा १ सय ८७ रन बनाएर खेलिरहेको छ। 

अहिले क्रिजमा कुशल मल्ल १३ र कप्तान रोहित पौडेल १ रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .