ad ad

राजनीति


नेपालको भूमि भारतले नापजाँच गरेकोबारे रास्वपा सांसदले उठाए प्रश्न

नेपालको भूमि भारतले नापजाँच गरेकोबारे रास्वपा सांसदले उठाए प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोरप्रसाद अर्याल।


नेपालखबर
असार ३, २०८० आइतबार १५:१४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कञ्चनपुरस्थित भुजेला, गड्डा चौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेकोबारे सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले असार १ गते भारतीय प्राविधिकहरूको टोलीले एकतर्फी रुपमा सो जमिनमा नापजाँच गर्दा पनि नेपालका सुरक्षाकर्मीहरूले सुईंकोसमेत नपाएको भन्दै आपत्ति समेत जनाए।

‘म आज भारतीय पक्षले नेपालको भूमि अनधिकृत रुपमा नापजाँच गरेको विषय यो सदनलाई जानकारी गराउन गईरहेको छु। असार १ गते भारतीय प्राविधिकहरुको टोलीले इन्डियन नेशनल हार्इंवे सर्भे गर्ने भन्दै कन्चनुपरको भुजेला, गड्डा चौंकी हुँदै सुकासालसम्मको भूभाग नापजाँच गरे,’ अर्यालले भने, ‘सर्भेका सामानसहित आएका ती प्राविधिकहरु नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुईंको समेत पाएनन्। के उनीहरुलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो?’

रास्वपाका उपसभापति समेत रहेका अर्यालले नेपालको भूमि भारतीय पक्षले एकतर्फी रुपमा नापजाँच गर्ने काम सामान्य र स्वभाविक नभएको उल्लेख गर्दै त्यसबारे तथ्य पत्ता लगाउन नेपाल सरकारले ढिलाई गर्न नहुने बताए। 

‘सम्माननीय सभामुखमार्फत् म सरकारलाई प्रश्न सोध्न चाहन्छु। बरू सुरक्षाकर्मी भन्दा त्यहाँका स्थानीय धेरै जागरुक र सचेत देखिए सभामुख महोदय। उनीहरुले गलत काम भईरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए,’ उनले भने, ‘नेपाली पक्षसँग समन्वय नै नगरी एकतर्फी रुपमा धमाधम नापजाँच गर्नुलाई सामान्य र स्वभाविक मान्न सकिदैन सभामुख महोदय। त्यसैले त्यसको सत्यतथ्य छानविनका लागि म सम्माननीय सभामुखमार्फत् गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।’

उपसभापति अर्यालले सीमा क्षेत्रमा खटाइएका सुरक्षाकर्मीहरुलाई उचित परिचालन गर्न पनि सरकारलाई सचेत गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .