दर्शन गुरुङको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले काठमाडौमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित दर्ता गरेको छ। छैटौं चरणको सोमबार भएको पहिलो एनआरटीले विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पाखा लगाएको हो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा एनआरटीले अग्रता बनाएको थियो। खेलको ७६ औं मिनेटमा दर्शन गुरुङले आकर्षक गोल गरेका थिए। जितसँगै एनआरटीले ३ स्थान सुधार गरेको छ। खेलको ८६ औं मिनेटमा एनआरटीले गोलको राम्रो प्रयास गरेपनि पुलिसका गोलरक्षकले त्यसको बचाउ गरे।
जितसँगै एनआरटी छैटौ स्थानमा उक्लेको छ भनो पुलिस एक स्थान तल झरेको छ। हारसँगै पुलिस र एनआरटीको बराबर ८ अंक भएको छ। ६ खेलमा एनआरटीले १ खेलमा हार भोग्दा २ मा बराबरी र ३ मा जित दर्ता गरेको थियो। पुलिसले ६ मध्ये २ खेलमा जित २ बराबरी खेलेको छ भने २ खेलमा हार बेहोरेको थियो।
आजै हुने दोस्रो खेलमा च्यासल युथ क्लव र शसस्त्र प्रहरीको एपीएफ क्लव भिड्दैछन्। रेलिगेसनको खतराबाट बच्न पनि एपीएफलाई आजको खेलमा स्पष्ट जितको आवश्यक्ता छ।
पाँचौ चरणका खेल सकिदासम्म च्यासलले १ मा जित निकालेको थियो भने २ खेलमा हार र २ मा बराबरी गरेको थियो। ५ खेल खेलेको च्यासल अंक तालिकाको पाँचौ स्थानमा छ। १ खेलमा मात्र जित निकालेको एपीएफ भने १ खेल बराबरी गर्दा ३ खेलमा पराजित हुँदै ४ अंकमा तेह्रौ स्थानमा छ।

प्रतिक्रिया