प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीसँग बराबरी खेल्दै ब्राइटन एण्ड होव एल्वियनले युरोपा लिग छनोटमा स्थान सुरक्षित गरेको छ।
गएराति भएको खेलमा ब्राइटन र सिटीले एक एक गोलको बराबरी गरे। च्याम्पियन सिटीले ३७ खेलबाट ८९ अंक जोडेको छ। छैटौं स्थानमा रहेको ब्राइटनले समान खेलबाट ६२ अंक बनाएको छ।
खेलको २५ औं मिनेटमा इर्लिङ हालान्डको पासमा फिल फोडनको गोलमा सिटीले सुरुवाती अग्रता लिएको थियो।
तर ३८ औैं मिनेटमा जुलियो एन्सिसोको उत्कृष्ट गोलमा ब्राइटनले सिटीसँग बराबरी गरेको थियो।
सिटीले आगामी शनिबार एफए कपको फाइनलमा म्यानचेष्टर युनाइटेडसँग खेल्नेछ।
त्यसपछि च्याम्पियन लिगको फाइनलमा इन्टरमिलानसँग खेल्ने तालिका छ।
जेठ ११, २०८०, बिहीबार
36
Shares
प्रतिक्रिया