समूह ए को उपविजेता बन्दै घरेलु टोली नेपाल काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको खेलमा भारतसँग ३–१ को सेटमा पराजित हुँदै नेपाल अन्तिम चारमा पुगेको हो।
नेपालले पहिलो सेट १२–२५ ले गुमाएको थियो। प्रतिस्पर्धात्मक दोस्रो सेट २४–२६ ले गुमाउन पुग्यो।
निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक चौथो सेट नेपालले २५–२० ले आफ्नो पक्षमा पारेको थियो। चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै समुह उपविजेता बनेको हो।
यसअघि नै सेमिफाइनल पुगिसकेका नेपाल र भारत समुह विजेता बन्न स्पर्धा गरेका थिए।
सन् २०१९ मा घरेलु मैदानमा भएको दक्षिण एशियाली खेलकुद सागमा नेपालले पहिलो पटक भारतलाई २ सेटमा हराएको थियो।
नेपालले अब सेमिफाइनलमा समुह बी को विजेता काजकिस्तानसँग खेल्नेछ। सुमह ए को विजेता भारतले भने समुह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ।
आजै भएको समूह बी को खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
प्रतिक्रिया