ad ad

खेल


रियललाई ४-० गोलले पराजित गर्दै सिटी फाइनलमा

रियललाई ४-० गोलले पराजित गर्दै सिटी फाइनलमा

नेपालखबर
जेठ ४, २०८० बिहिबार ६:३६, काठमाडौँ

 साविक विजेता तथा १४ पटकको च्याम्पियन स्पेनिस क्लब रियल मड्रिडलाई ४-० गोलले पराजित गर्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।

बुधबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको सेमिफानइलमा ४-० तथा समग्रमा ५-१ गोलले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो।

बर्नार्डो सिल्भाले डि ब्रुएनाको पासमा २३ औँ मिनेटमा सिटीका लागि पहिलो गोल गरे। सिल्भाले नै ३७ मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफमै सिटीको दबदबामा परेको रियल खेलमा फर्किन सकेन। दोस्रो हाफमा पनि थप दुई गोल खायो।

सिटीको तर्फबाट ७६औँ मिनेटमा म्यानुअल अकान्जीले तेस्रो गोल गरे। यसैगरी इन्ज्युरी समयमा सिटीले फेरि अर्को र अन्तिम गोल थप्यो। सिटीका लागि चौथो गोल जुलियन अल्भारेजले उक्त गोल गरेका थिए।

अब सिटी उपाधिका लागि १० जुनमा इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .