ad ad

खेल


इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

नेपालखबर
जेठ ३, २०८० बुधबार ११:३६, काठमाडौँ

एसी मिलानलाई पराजित गर्दै इन्टरमिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। 

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानलाई १–० ले समग्रमा ३–० ले पराजित गर्दै फाइनलमा पुगेको हो। 

इन्टरको जितमा ला मार्टिनेजको गोल निर्णायक बन्यो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव बन्यो। खेलको ७४ औँ मिनेटमा मार्टिनेजले गोल गरे। 

तीन पटकको विजेता इन्टरले सेमिफाइनलको पहिलो लेगमा २–० ले जित निकालेको थियो। 

इन्टरले च्याम्पियन लिगको फाइनलमा म्यानचेष्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग १० जुनमा इस्तानबुलमा खेल्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .