ad ad

खेल


इपीएलः पोखरा राइनोजमा शक्ति गौचनको स्थानमा लोकेश बम

इपीएलः पोखरा राइनोजमा शक्ति गौचनको स्थानमा लोकेश बम

नेपालखबर
पुस २५, २०७६ शुक्रबार १०:५५,

एभरेष्ट प्रिमियर लिग(इपीएल) टि–२० क्रिकेट प्रतियोगिताको नयाँ सिजनका लागि भएको खेलाडी साटफेरमा युवा खेलाडी लोकेश बमले पोखरा राइनोजका पुर्वकप्तान शक्ति गौचनलाई रिप्लेस गरेका छन्।

इपीएलले शुक्रबार जारी गरेको विज्ञप्तिमा शक्तिको स्थानमा टोलीले यू–१९ टोलीका ब्याट्सम्यान लोकेशलाई परिवर्तन गरेको जनाएको छ। इपीएलले गत जनवरीदेखि जनवरी ९ सम्म खेलाडी ट्रेड र परिवर्तन खुला गरेको थियो।

उक्त अवधिमा यसअघि चितवन टाइगर्सका कप्तान रहेका दीपेन्द्रसिंह ऐरी काठमाडौं किंग्स एल्यावेनमा आएका छन्। काठमाडौं किग्स एल्यावेनका कप्तान सोमपाल कामी चितवन टाइगर्समा गएका छन्।

काठमाडौंले नै नरेश बुढाऐरको स्थानमा सुबास खकुरे र आकाश चन्दको स्थानमा सुशिल कडेँललाई परिवर्तन गरेको छ। खेलाडी किनबेच र परिवर्तनको रकम भने गोप्य राखिएको छ।

पाँचवर्षको तपस्या

सन् २०१४ मा नेपालले टि–२० विश्वकप खेलेपछि देशमा क्रिकेटमय वातावरण बनेको थियो। त्यही माहौलमा मिसिदैँ आठ कक्षामै पढ्दा गर्दा लोकेशले बल ब्याट समाउन थाले।

क्रिकेटमा पाँच वर्षको तपस्या पछि धनगढीका लोकेशले यसपटक पहिलो फ्रेन्चाइजी लिग खेल्ने अवसर पाए। यसअघि पनि उनले धनगढी प्रिमियर लिग तथा एभरेष्ट प्रिमियर लिगको खेलाडी अक्सनमा नाम दर्ता नगरेका हैनन् तर कसैले उनीमाथि भाउ लगाएको थिएन।

धनगढी क्रिकेट एकेडेमीको अभ्यास र स्थानीय प्रतियोगिताहरुमा नियमित प्रदर्शनपछि उनले अघिल्लो वर्ष काठमाडौंमा भएको ट्यालेन्ट हन्टमार्फत यू–१९ टोलीमा स्थान बनाए। त्यसयता एसिया कप, आइसीसी एसिया पुर्वी क्षेत्रीय छनोट तथा हैदरावादमा नेपाली यू–१९ टोलीले भारतीय टोलीसँग खेलेको शृंखलाबाट आफूलाई परिपक्व बनाउँदै लगेपछि यसपटक विराटनगरले उनीमाथि पैसा खर्चिएको हो।

क्रिकेटमै लागेर उनको कक्षा १२ को पढाई समेत अड्कियो। क्रिकेटकै कारण एक्लो छोराले पढाईमा ध्यान नदिएपछि उनका बुबा उनीसँग कम रिसाएका थिएनन। तर, बिस्तारै राम्रो गर्दै गएपछि बुबा पनि खुशी भएको लोकेश सुनाउँछन।

लोकेशले उत्कृष्ट प्रदर्शन गरेपछि पारसले धनगढीकै अर्का क्रिकेटर तथा चितवनका सहकर्मी भुवन कार्कीबाट उनीबारे जानकारी लिएका थिए।

‘खेलअघि पनि लोकेशले निकै मेहनत गरेका मैले थाहा पाएको छु। जुन आज देखियो पनि,’ पारसले भने, ‘आफूले आफूलाई प्रस्तुत गर्ने यस्तै प्रतियोगिताको बेला हो। लगातार प्रदर्शन गर्ने हो भने पहिलेपनि प्रिमियर लिगमा प्रदर्शन गर्ने खेलाडीहरु राष्ट्रिय टिममा परेका छन्। तर, एउटा प्रदर्शनले मात्रै केही ग्यारेन्टी गर्दैन। लगातार प्रदर्शन दिनैपर्छ। उ कडा मेहनत गर्ने खेलाडी भएकाले उसले आफूलाई अगाडि बढाउँदै लैजाने विश्वास छ।’

विश्वकप खेलाउने सपना

Image may contain: 15 people, including Kishor Mahato, Bipin Rawal and Sagar Dhakal, people smiling, people standing, sky and outdoor

गत अप्रिलमा भएको आइसीसी यू–१९ विश्वकप छनोटमा वर्षाले प्रभावित खेलमा नेपाल यूएईसँग डकविथ लुविस पद्धतिका आधारमा एक रनले पराजित भएको थियो। उक्त पराजयसँगै नेपाल लगातार तेस्रो पटक नेपाल यू–१९ विश्वकपमा पुग्नबाट रोकियो।

सोही कुरा लोकेशलाई समेत खड्किएको छ। दुई वर्ष अझै यू–१९ खेल्न योग्य उमेर बाँकी रहेका लोकेशको नेपाललाई विश्वकपमा पुर्याउने सपना छ।

‘विश्वकप ठूलो प्लेटफर्म हो। हामीले पछिल्लो तीन विश्वकप गुमाएका छौं। यू–१९ टोलीबाट पछिल्लोपटक लगातार खेलिरहेकाले पनि टोलीलाई विश्वकप खेलाउने मेरो सपना छ,’ लोकेशले टुंग्गाए।

यो पनि: पारसलाई शानदार लागेको लोकेशको त्यो पारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .