ad ad

खेल


एफसी खुमलटारमाथि एनआरटीको नाटकीय जित

एफसी खुमलटारमाथि एनआरटीको नाटकीय जित

नेपालखबर
बैशाख २९, २०८० शुक्रबार २०:५४, काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत न्यु रोड टिम एनआरटीले एफसी खुमलटारमाथि नाटकीय जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एनआरटीले खुमलटारलाई ३-२ गोल अन्तरले हरायो। 

खेलको पहिलो हाफमा २–० ले पछि परेको एनआरटीले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। जितसँगै एनआरटी अंक तालिकाको नवौं स्थानमा उक्लेको छ। एनआरटीले १७ खेलमा ५ जित, ६ बराबरी र ६ हारसँगै २१ अंक बनाएको छ। 

पराजित खुमलटार अंक तालिकाको पुछारमा छ। खुमलटारले १७ खेलमा ५ जित, २ बराबर र १० हारका साथ १७ अंक बनाएको छ। 

खेलको ३१औं मिनेटमा खुमलटारका गोलरक्षकको लामो बललाई रेजिन सुब्बाले फ्लिक गरेपछि स्टेफान समीरले पेनाल्टी क्षेत्र भित्र लगेर गोल गरे। ३९ औं मिनेटमा राजीव लोप्चनले तिन डिफेन्डरको बीचबाट लगेर बललाई पोष्टको जाली चुमाए। 

पहिलो हाफमा २-० ले अग्रता बनाएको खुमलटारले दोस्रो हाफमा ३ गोल खान पुग्यो।

खेलको ६२ औं मिनेटमा सरोज तामाङको कर्नरमा विक्रम धिमालको हेडर गर्दै गर्दै एनआरटीलाई २-१ को अवस्थामा ल्याए। 

त्यसको २ मिनेटपछि नै निकोलस सर्ज सँगले गोल गर्दै एनआरटीलाई बराबरीमा ल्याए। निकोलस सर्ज सँगको क्रस गोलरक्षक देवले समाउने प्रयास गर्दा आफ्नै पोस्टभित्र छिराएपछि खेल एनआरटीमा बराबरीमा आयो। 

८३औं मिनेटमा निकोलस संगले एनआरटीलाई ३-२ को अवस्थामा ल्याउँदै टोलीको जित पक्का गरे। 

आजै रगंशालामा भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले संकटालाई २–१ ले हरायो। अर्को खेलमा मनाङ मस्र्याङ्दी र हिमालयन शेर्पाले एक एकको बराबरी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .