ad ad

खेल


झगडा गर्ने खेलाडी र अफिसियललाई एन्फाले गर्याे कारवाही

झगडा गर्ने खेलाडी र अफिसियललाई एन्फाले गर्याे कारवाही

नेपालखबर
पुस २४, २०७६ बिहिबार १४:७,

मनाङ मर्स्याङ्दी क्लबका जगजित श्रेष्ठ र गोलकिपर अशोक बराललाई अखिल नेपाल फुटबल संघले ५ खेलको प्रतिबन्धका साथै १० हजार रुपैयाँ जरिवाना तोकेको छ।

मनाङकै फरवार्ड रञ्जन विष्टलाई पनि २ खेलमा प्रतिबन्ध लगाएको छ। एन्फाले मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई समान २ खेलको प्रतिबन्ध लगाएको छ।

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार मनाङ र मछिन्द्रको खेलपछि झगडा गरेका कारण एन्फाले बिहीबार कारवाही गरेको हो।

खेल सकिएपछि जगजित र मछिन्द्रका दीपकबीच सुरु भएको झगडाले उग्र रुप लिएको थियो।

दुवैतर्फका खेलाडी र अफिसियल समेत मैदानमै प्रवेश गरेपछि स्थिति थप तनाबपूर्ण बनेको थियो।

सुरक्षाकर्मीनै मैदान प्रवेश गरेपछि मात्र स्थिति साम्य भएको थियो। ५ चरणको खेल सकिसकेको लिगमा जगजितले अन्तिमका ३ खेलमात्र खेल्न पाउनेछन्। यहि लिगका लागि उनी अस्ट्रेलियाबाट स्वदेश फर्केका थिए।

वैकल्पिक गोलकिपर अशोक साेहि घटनाको ५ र रातो कार्डको अर्को १ खेल गरि ६ खेलको प्रतिबन्धमा परेका छन्। त्यसैले अब उनी अन्तिम २ चरणको खेलका लागि मात्र उपलब्ध हुनेछन्।

मनाङकै किट्स म्यानेजर शिव लामालाई भने १० हजार जरिवानाका साथै बाँकी सबै खेलका लागि प्रतिबन्ध गरिएको एन्फाले बिहीबार विज्ञप्तीमार्फत जानकारी गराएको छ।

बेन्चमा अनुशासन कायम गर्न नसकेको भन्दै एन्फाले मनाङ र मछिन्द्र दुवै क्लबलाई समान ५० हजार जरिवाना तोकेको छ। लिगमा मनाङ ११ अंकसहित दोस्रो र मछिन्द्र तेस्रो स्थानमा छ।

याे पनि:
रेफ्रीले अन्तिम सिट्ठी फुकेपछि जब खेलाडी रंगशालामै भिडे...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .