ad ad

खेल


सलाहको उत्कृष्ट लयले लिभरपुल छनोट हुने आशा यथावत्

सलाहको उत्कृष्ट लयले लिभरपुल छनोट हुने आशा यथावत्

नेपालखबर
बैशाख २४, २०८० आइतबार ६:४७, काठमाडौँ

इजिप्ट फरवार्ड मोहम्द सलाहले आफ्नो उत्कृष्ट लय जारी राख्दा लिभरपुलले इङलिस प्रिमियर लिगमा आफ्नो शीर्ष चारको दौडलाई कायम राखेको छ।

शनिबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा ब्रेनफोर्डलाई १–० गोल अन्तरले हराउँदै च्याम्पियन्स लिगमा छनोट हुने आशालाई जीवित राखेको छ। 

लगातार ६ प्रिमियर लिगका खेल जितेको लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई १ अंकले पछि पारे शीर्ष चारमा आफ्नो स्थान सुरक्षित गर्नेछ। 

एजिप्ट फरवार्ड सलाह रेड्स इतिहासमा लगातार ९ घरेलु खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

एनफिल्डमा सलाहको यो १सयौं गोल हो। खेलको १३औं मिनेटमा सलाहले भर्जिल भान डाइकको हेडर पासमा उत्कृष्ट गोल गरेका थिए। 

लिभरपुल ६२ अंकमा तालिकाको पाँचौं स्थानमा छ। चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज राति वेस्ट ह्यामसँग खेल्दै छ। 

गएराति नै भएको अर्को खेलमा टोटनहमले क्रिस्टल प्यालेसलाई १–० ले हराउँदै तालिकाको छैटौँ स्थानमा उक्लेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .