ad ad

खेल


ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबमाथि चर्च ब्वाइजको पुनरागमन जित

ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबमाथि चर्च ब्वाइजको पुनरागमन जित

तस्बिर : एन्फा


नेपालखबर
बैशाख २०, २०८० बुधबार १७:४१, काठमाडौँ

चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबमाथि पुनरागमन जित निकालेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा चर्च ब्वाइजले फ्रेण्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्यो। चर्च ब्वाइजको जितमा अन्जन विष्ट र आशिष चापागाईंले गोल गरे। फ्रेन्ड्सका बेन नास क्वान्साले एक गोल गरे। 

खेलको १४औं मिनेटमा बेन नास क्वान्साले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाएका थिए। खेलको ८७औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गदै चर्च ब्वाइजलाई बराबरीमा ल्याएका थिए। इन्ज्युरी समयमा आशिष चापागाईंले गोल गर्दै चर्च ब्वाइजलाई २–१ अग्रता दिलाए। 

जितसँगै चर्च ब्वाइज १४ खेलबाट २४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। पराजित फ्रेन्ड्स १४ खेलबाट १५ अंक जोडेर १३औं स्थानमा छ।

आजै च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराएको छ। शेर्पाको जितमा खेलको ६५ औं मिनेटमा खामिर गिल्सनले गरेको गोल नै निर्णायक बन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .