ad ad

खेल


फेरि रोकियो नेपाल र कुवेतबीचको खेल

फेरि रोकियो नेपाल र कुवेतबीचको खेल

नेपालखबर
बैशाख १६, २०८० शनिबार १२:१७, काठमाडौँ

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुरु गर्न नपाउँदै रोकिएको छ।

यसअघि वर्षाका कारण खेल ४५ ओभरमा छोट्याएर दिउँसो सवा १२ बजे पुनः सञ्चालन गर्न लागिएको थियो। तर फेरि पानी पर्न थालेपछि खेल अघि बढ्न नसकेको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। 

त्यसपछि केही बेर वर्षा थामिएको थियो। ४५ ओभरमा छोट्याएर पुन: खेल सुरु गर्दा फेरि पानी पर्न थालेपछि रोकिएको हो। 

कप्तान रोहित पौडेल ३० र कुशल मल्ल ३२ रनमा नटआउट छन्। मध्य क्रमका ब्याटर रोहित र कुशलले नेपालको इनिङ्स सम्हालिरहेका छन्।

रोहित र कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका छन्।

उत्कृष्ट सुरुआत गरेको नेपालले ३ रन बनाउन ३ विकेट गुमाएको थियो।

पहिलो विकेटका लागि कुशल र आशिफले ७७ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। ३९ बलमा ७ चौका र १ छक्का मद्दतमाा ४३ रन बनाएर कुशल क्याच आउट भए।

त्यसपछिका ३ रन जोड्न नेपालले भिम सार्की र आशिफ शेखलाई गुमाएको हो।

आशिफ शेख ३१ रन बनाउँदा क्याच आउट भए। २८ बलको सामना गरेका आशिफले १ चौका र ३ छक्का हाने। तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्की १ रनमा क्याच आउट भए।

कुवेतका लागि एडनास एड्रसले २ तथा मोहम्मद मनिवले एक विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .