नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा सम्मिलित सेथु एफसीले भारतीय महिला लिगमा विजयी सुरुवात गरेको छ।
शुक्रबार बिहान भएको खेलमा सेथुले चर्चचिल ब्रदर्श एफसीलाई ६–० गोल अन्तरले पाखा लगाएको हो।
सेथुको खेलमा एञ्जिला पहिलो रोजाइमा मैदान उत्रेकी थिइन्। सेथुको जितमा काजलले खेलको ९,११,४२ र ४५ औं मिनेटमा गोल गरेकी थिईन्।
खेलको ५४ औं मिनेटमा फेथले एक सुनिता मुन्दाले ७२ औं मिनेटमा गोल थपिन्। जितसँगै सेथु अंक तालिकाको दोस्रो स्थानमा छ।
आजै भएको अर्को खेलमा ओडिसा एफसीले सेन्ट्रल रिसर्भ पोलिस फोर्स फुटबल क्लबलाई ६–० गोल अन्तरले नै हराएको छ।
27
Shares
प्रतिक्रिया