ad ad

खेल


अब्दुल्लाह अल्मुताइरी अफगान फुटबल टिमको प्रमुख प्रशिक्षक

अब्दुल्लाह अल्मुताइरी अफगान फुटबल टिमको प्रमुख प्रशिक्षक

फाइल तस्बिर


नेपालखबर
बैशाख १४, २०८० बिहिबार १२:३१, काठमाडौँ

नेपाली फुटबल टोलीका पूर्वप्रमुख प्रशिक्षक अफगानिस्तान राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्।

अल्मुताइरीलाई राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको जानकारी अफगानिस्तान फुटबल संघले बिहीबार जानकारी दिएको हो। 

कुवेती नागरिक अल्मुताइरीले यसअघि नेपाली राष्ट्रिय फुटबल टोली सम्हालेका थिए। उनको नेतृत्वमा नेपालले साफसहितका केही प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेको  थियो।

अफगानिस्तानले देशको फुटबलको अवस्था उकास्ने योजनासहित अल्मुताइरीलाई प्रमुख प्रशिक्षक बनाएको हो। 

तालिबानी शासन रहेको अफगानिस्तान देशको राष्ट्रिय फुटबल टिमका सदस्य चयनका लागि काबुलमा शिविर राख्ने तयारी गरेको छ। 

त्यसका लागि देशबाहिर रहेका युवाहरुलाई पनि बोलाउने तयारी भएको छ। 

अब अल्मुताइरी कुवेतबाट चाँडै नै काबुल जाने छन्। जहाँ अफगान राष्ट्रिय फुटबल टिमका नयाँ मुख्य प्रशिक्षक अनुबन्धनबारे औपचारिक हस्ताक्षर हुनेछ। 

काबुलमै अल्मुताइरीको परिचय तथा पत्रकार सम्मेलन पनि राख्ने तयारी त्यहाँको फुटबल संघले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .