ad ad

ग्लोबल


भगवानलाई भेट्न भोकै बसेका ९० जनाको मृत्यु, २९ जनालाई उद्धार गरियो

भगवानलाई भेट्न भोकै बसेका ९० जनाको मृत्यु, २९ जनालाई उद्धार गरियो

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १२:४८, काठमाडौँ

केन्यामा निराहार बसे भगवानसँग भेटिने विश्वासले भोकै बसेका ९० जनाको मृत्यु भएको छ।

गुडन्युज चर्चका केही अनुयायीहरू शाकाहोला जंगलमा परमेश्वर रहेको र निराहार बसेर प्रार्थना गरे भगवान भेटिने विश्वासमा जंगलमा भोकै बसेका थिए। चर्चका एक पादरी पल म्याकेन्जी न्थेन्गेसहितको टोली शाकाहोला जंगलमा बसेका थिए।

उक्त सूचनाका आधारमा उद्धारका लागि खटिएको सुरक्षाकर्मीको टोलीले हालसम्म ९० जनाको शव भेटिएको वर्ल्डवन न्यूजले त्यहाँका अधिकारीले पुष्टि गरेको लेखेको छ। मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

केन्याको रेडक्रसले यसअघि नै २१२ जना हराएको बताएको थियो। जसमध्ये २ जनाको परिवारसँग पुनर्मिलन भएको छ। 

गुडन्यूज चर्चका अन्य अनुयायीहरू अझै पनि शाकाहोला जंगलमा लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ।

केही समययता उद्धारका लागि खटिएको सुरक्षाकर्मीको टोलीले थप बुधबार ३ बालबालिकासहित १० जनाको शव भेटाएको हो।

२९ जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .