ad ad

खेल


महरेजको ह्याट्रिकमा सिटी एफए कपको फाइनलमा

महरेजको ह्याट्रिकमा सिटी एफए कपको फाइनलमा

नेपालखबर
बैशाख १०, २०८० आइतबार ९:२९, काठमाडौँ

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा शेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो। 

सिटीको जितमा रहिम महरेजले ह्याट्रिक गरे। ४३औं मिनेटमा पेनाल्टी मार्फत अग्रता दिलाएका महरेजले दोस्रो आफमा २ गोल गरे। खेलको ६१ र ६६ औं मिनेटमा गोल गर्दैै महरेजले ह्याट्रिक पूरा गरेका हुन्। 

अब उपधिका लागि सिटीले म्यानचेस्टर युनाइटेड र ब्राइटनको विजेतासँग भिड्ने छ। युनाइटेड र ब्राइटन आइतबार राति फाइनल प्रवेशका लागि भिड्दैछन्। 

च्याम्पियन्स लिगमा सेमिफाइनल प्रवेश गरेको सिटी, घरेलु लिगको पनि उपाधि नजिक छ। हाल दोस्रो स्थानमा रहेको सिटीले पहिलो स्थानको आर्सनलभन्दा दुई खेल कम खेलेको छ। बाँकी दुवै खेल जित्दा सिटी एक अंकले अगाडी हुने छ। 

यससिजन उपाधि जिते सिटीले प्रिमियर लिगको उपाधिमा ह्याट्रिक गर्नेछ। यस्तै एफए कप र च्याम्पियन्स लिग पनि जित्दै सबै उपाधि एकसाथ उचाल्ने लक्ष्यमा सिटी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .