ad ad

ग्लोबल


पन्जाबबाटै गिरफ्तार अमृतपाल सिंह को हुन्?

पन्जाबबाटै गिरफ्तार अमृतपाल सिंह को हुन्?

आइतबार प्रहरीले पक्राउ गरेपछि अमृतपाल सिंह। तस्बिर : बीबीसी हिन्दीबाट


नेपालखबर
बैशाख १०, २०८० आइतबार ९:३३, काठमाडौँ

खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंहलाई भारतको पन्जाबबाट प्रहरीले पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेको पन्जाब प्रहरीले पुष्टि गरेको छ। 

अमृतपाल शिखहरूका लागि पन्जाब छुट्टै देश ‘खालिस्तान’ बनाउने अभियानमा थिए। 

को हुन् अमृतपाल सिंह?
अमृतपाल सिंह ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख हुन्। उनले करिब पाँच महिनाअघि मात्र यस संगठनको नेतृत्व सम्हालेका थिए। अमृतपाल अमृतसरको जन्दुपुर खेरा गाउँका बासिन्दा हुन्। सन् २०१२ अघि पनि अमृतपालको परिवार दुबई सरेको थियो। त्यहाँ उनको परिवारले यातायातको काम थाल्यो। सन् २०१३ मा अमृतपालले दुबईमा यातायातको काम हेर्न थाले।

अगस्ट २०२२ मा अमृतपाल दुबईबाट एक्लै पन्जाब आएका थिए। अक्टोबरमा, अमृतपालले जर्नेल सिंह भिन्द्रावालाको गाउँ रोडेमा रहेको संगठन ‘वारिस पन्जाब दे’को नयाँ प्रमुखका रूपमा पदभार ग्रहण गरे। यो संगठन दिल्ली हिंसाका आरोपित दीप सिद्धुले बनाएका थिए।

यस क्रममा अमृतपालले आफूलाई जर्नेल सिंह भिन्द्रनवालाको अनुयायी भन्दै सिख युवाहरूलाई अर्को युद्धका लागि तयार हुन आह्वान गरे। यसपछि गुप्तचर निकाय सतर्क भए। उनको बारेमा अनुसन्धान सुरु गरे। अमृतपालले दुबईमै खालिस्तानी विचारधारा सिकेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .