ad ad

खेल


क्रिकेट रंगशाला छिट्टै बन्छ, धुर्मुस-सुन्तलीलाई १२ करोड दिइन्छ : मेयर दाहाल

क्रिकेट रंगशाला छिट्टै बन्छ, धुर्मुस-सुन्तलीलाई १२ करोड दिइन्छ : मेयर दाहाल

फाइल फाेटाे : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल


नेपालखबर
बैशाख ४, २०८० सोमबार १७:३७, भरतपुर

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छिट्टै बन्ने बताएकी छन्। बागमती प्रादेशिक क्रिकेट संघ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उनले रंगशाला बन्ने निश्चित भएको बताएकी हुन्। 

प्रमुख दाहालले भनिन्,‘अब केही प्रक्रिया मिलाएर राष्ट्रिय खेलकुद परिषद्ले काम अगाडि बढाउन लागेको छ।’

अहिले पनि धेरै जनामा रंगशाला बन्ने हो कि होइन भन्ने प्रश्न उब्जिएको भन्दै  उनले  धुमुर्स–सुन्तली फाउन्डेसनलाई ऋण तिर्न एकमुस्ट रु १२ करोड अनुदान दिई बाँकी निर्माण कार्य अगाडि बढ्ने बताइन्। निर्माणाधीन उक्त रंगशालाको स्वामित्व राखेपले लिने निर्णय भएको र बाँकी कार्य पुल्चोक क्याम्पसको प्राविधिक सहयोगमा गर्ने गरी बोलपत्र आह्वान गरिने प्रमुख दाहालले बताइन्। 

उनले पुल्चोक इन्जीनीयरिङ क्याम्पस र राष्ट्रिय खेलकुद परिषद्‌बीच यसबारे निरन्तर छलफल भइरहेको बताइन्। रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनले ऋण देखाउँदै निर्माणकार्य बन्द गरेर उक्त रंगशाला महानगरपालिकालाई हस्तान्तरण गरेको थियो। मन्त्रिपरिषद्को बैठकले फाउन्डेसनलाई एकमुस्ट अनुदान दिई संघीय सरकारले थप निर्माणकार्य अगाडि बढाउने निर्णय गरेको थियो। 

बागमती प्रदेश क्रिकेट संघ र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा निर्माणाधीन उक्त रंगशालाको मैदानमा आजदेखि  ‘भरतपुर मेयरकप वागमती प्रदेश अन्डर–१६ क्रिकेट छनोट प्रतियोगिता’ सञ्चालन गरिएको हो। प्रतियोगिता वैशाख–७ गतेसम्म सञ्चालन हुनेछ। बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले प्रतियोगितामा नेपाल क्रिकेट संघले मान्यता दिएका छ जिल्लाका टोलीको सहभागिता रहेको जानकारी दिए। 

काठमाडौँ, भक्तपुर र मकवानपुर समूह ‘ए’ मा छन् भने ललितपुर, चितवन र नुवाकोट समूह ‘बी मा छन्। प्रतियोगिता लिगका आधारमा खेलाइने छ। दुई समूहबीचका समूह विजेता टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। अध्यक्ष बस्न्यातका अनुसार विधागततर्फ म्यान अफ द सिरिज, म्यान अफ म्याच, बेस्ट ब्याटर र बेस्ट बलरलाई उपहारको व्यवस्था गरिएको छ। यस प्रतियोगितामा सहभागी खेलाडीमध्येबाट नै बागमती प्रदेशको अन्डर १६ को टोली तयार गरिनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .