ad ad

खेल


लेवान्डोस्की भन्छन्– अर्को सत्रमा मेस्सी बार्सिलोना फर्किए अचम्म हुँदैन

लेवान्डोस्की भन्छन्– अर्को सत्रमा मेस्सी बार्सिलोना फर्किए अचम्म हुँदैन

नेपालखबर
बैशाख २, २०८० शनिबार २१:४४, काठमाडौँ

बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लियोनल मेस्सी अर्को सत्रसम्ममा क्लबमा फर्कन चाहेको बताएका छन्।

स्पेनी सञ्चारमाध्यमका अनुसार एफसी बार्सिलोनाले आगामी गृष्म ऋतुमा आफ्ना पूर्व खेलाडीलाई पुनः अनुबन्ध गर्ने प्रयास गरिरहेको छ भने सन् २०२१ देखि पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट खेल्दै आएका अर्जेन्टिनी खेलाडी पनि क्याम्प नोउ फर्कन आतुर भएको बताएको छ।

लेवान्डोस्कीले मेसीसँग अर्को सत्र बार्सिलोनामा खेल्ने आशा व्यक्त गरेका छन्। 

‘यदि उहाँ (मेस्सी) फर्कनुहुन्छ भने, यो अचम्मको कुरा हुने छैन। बार्सिलोना उहाँको स्थान हो। के हुन्छ मलाई थाहा छैन तर मलाई आशा छ अर्को सत्र हामी सँगै खेल्नेछौं,’ लेवान्डोस्कीले पोलिससञ्चारमाध्यमसँग भने।

यो सत्रको २८ खेलपछि रियल मड्रिडमाथि १३ अंकको अग्रता बनाएको बार्सिलोना ला लिगाको उपाधि जित्ने बाटोमा छ।

‘बार्सिलोनाले पछिल्ला केही वर्षयता ला लिगा को उपाधि जित्न सकेको छैन, तर अहिले हामी राम्रो स्थितिमा छौं। यदि हामीले त्यसो ग¥यौं भने धेरै खेलाडीमा ठूलो आत्मविश्वास हुनेछ,’ उनले भने। 

लेवान्डोस्कीले यो सत्रमा ला लिगामा सर्वाधिक १७ गोल गरेका छन्।

‘सिजनको बीचमा फिफा विश्वकपले स्थितिलाई जटिल बनाएको छ, जबकि मानिसहरूले स्ट्राइकरहरूबाट धेरै भन्दा धेरै गोलको अपेक्षा गर्छन्। हामीले केवल गोल गर्नुपर्छ र मानिसहरूलाई खुसी पार्नुपर्छ। मलाई विश्वास छ कि हामी आक्रमणमा अझ राम्रो खेल्न सक्छौं,’ ३४ वर्षीय खेलाडी लेवान्डोस्कीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .