नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिक केदिरीमै रहने भएका छन्।
रोहितले सामाजिक सञ्जालमार्फत पर्सिक केदिरीसँग सन् २०२४ सम्मका लागि सम्झौता नवीकरण गरिएको जानकारी दिएका हुन्।

पर्सिक केदिरीले यस सिजन ११औं स्थानमा रहेर लिग अन्त्य गरेको थियो।
गत सिजन पर्सिजा जकार्ता छाडेर केदिरी पुगेका रोहितले यस सिजन क्लबका लागि महत्त्वपूर्ण प्रदर्शन गरेका थिए।
24
Shares

प्रतिक्रिया