ad ad

खेल


सानेलाई कुटपिट गरेपछि बायर्नले मानेलाई क्लबबाट निकाल्न सक्ने

सानेलाई कुटपिट गरेपछि बायर्नले मानेलाई क्लबबाट निकाल्न सक्ने

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १९:४१, काठमाडौँ

युएईएफ च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएपछि बायर्न म्युनिखमा तनाव देखिएको छ। 

सिटीसँग नमिठो हारपछि बायर्नका दुई दुई स्टार खेलाडी ड्रेसिङ रुममा कुटाकुट गरेको घटनाले क्लब नै तरंगित बनाएको छ।

एत्तिहाद स्टेडियममा सिटीसँग ३-० को नमिठो हार भोगेपछि बायर्नका दुई स्टार खेलाडी साडियो माने र लेरोई सानेबीच ड्रेसिङ रुममा कुटाकुट भएको प्रकरणमा क्लबले कारबाही थाल्न लागेको हो।

नयाँ प्रशिक्षक टचेल नेतृत्वको बायर्नलाई पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले नमिठो हार चखाएपछि ड्रेसिङ रुममा भएको विवादका क्रममा मानेले सानेको अनुहारमा मुक्का हानेको खबर आएको छ। 

सिटीसँग ३ गोलले पछि परेको अवस्थामा मैदानमै बहसमा उत्रिएका साने र माने ड्रेसिङ रुममा भिडेका हुन्। त्यसक्रममा मानेले सानेको अनुहारमा मुक्का हानेको खबरसँगै बायर्न एक्सन लिने निर्णयमा पुगेको डेली मेलले जनाएको छ। 

समाचार अनुसार खेल मैदानमै देखिएको तनाव ड्रेसिङ रुममा कुटाकुटमा परिणत भएपछि टिमका साथीहरुले दुवैलाई छुट्यएका थिए। 

मानेले बायर्नका अर्का स्टार खेलाडीमाथि मुक्का हानेको दृश्य देखेर अरु खेलाडीहरु चकित र स्तब्ध भएको समाचारमा जनाइएको छ। ड्रेसिङ रुममा कुटाकुट भएपछि टिमका साथीहरुले दुवैलाई छुट्यएका थिए। 

सेनेगलका यी स्टार खेलाडी यही सिजन लिभरपुलबाट आएका थिए। तर उनी सुरुदेखि नै बायर्नमा चल्न सकेका छैनन्। मानेको मुक्का खाएका सानेले सिटीविरुद्ध चार उत्कृष्ट प्रहार गरेका थिए। तर उनका प्रहारलाई सिटीका किपर एन्डरशनले बचाएका थिए। 

मानेलाई सानेमाथिको हातपातका लागि क्लबले कारबाही गर्दै उनीसँगको सम्झौता रद्दसम्मको तयारी थालेको डेली मेलले उल्लेख गरेको छ।

स्काई स्पोर्ट्स जर्मनीका अनुसार बायर्नले यो प्रकरणलाई लिएर मानेलाई केही समयका लागि निलम्बन गर्ने वा सम्झौता नै रद्द गर्ने विषयमा कानुनी परामर्श गरिरहेको छ।

सिटीविरुद्धको खेलमा सानेलाई प्रशिक्षक थोमस टचेलले सुरुमै मैदानमा उतारेका थिए। उता माने भने खेलको ६९ औँ मिनेटमा जमाल मुसियालालाई विस्थापित गर्दै मैदान छिरेका थिए।

बायर्नमा राम्ररी जम्न नसकिरहेका माने यो सिजन केही समय घाइते भएकाले मैदान बाहिर थिए। यस्तोमा टचेलले उनलाई सिटीविरुद्ध दोस्रो हाफमा मैदान छिराए पनि खेलको परिणाममा फरक पार्न सकेनन्। उल्टै सानेसँग तनाव उत्कर्षमा पुगेर हातपातमै उत्रिए। 

पहिलो लेगमा ३ गोलले पछि परेपछि अब बायर्नले उसको घरेलु मैदानमा सिटीलाई ४-० को नतिजासहित हराउनुपर्ने चुनौती छ।

सिटीसँगको निराशाजनक प्रदर्शनपछि मैदानमा तनाव र आक्रोशित देखिएका माने र साने भिडेपछि क्लब ब्यवस्थापनले उनीहरुलाई सम्झाएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .