ad ad

खेल


सिटीसँग हारेपछि बायर्नका साने र माने ड्रेसिङ रूममा भिडे

सिटीसँग हारेपछि बायर्नका साने र माने ड्रेसिङ रूममा भिडे

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १३:१, काठमाडौँ

युएईएफ च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएपछि बायर्न म्युनिखका दुई स्टार खेलाडी ड्रेसिङ रुममा भिडेका छन्।

एत्तिहाद स्टेडियममा सिटीसँग ३-० को नमिठो हार भोगेपछि बायर्नका दुई स्टार खेलाडी साडियो माने र लेरोई सानेबीच ड्रेसिङ रुममा कुटाकुटको अवस्था आएको हो। 

सिटीविरूद्ध गोलमा असफल भएपछि यी दुई खेलाडीबीच मैदानमै अवस्था तनावपूर्ण बनेको थियो।

सानेलाई प्रशिक्षक थोमस टचेलले सुरुमै मैदानमा उतारेका थिए। उता माने भने खेलको ६९ औँ मिनेटमा जमाल मुसियालालाई विस्थापित गर्दै मैदान छिरेका थिए।

सानेले खेलका क्रममा चारभन्दा सुन्दर प्रहार पूर्व क्लब सिटीको पोस्टमा गरे पनि गोल गर्न चुकेका थिए। 

उता यो सिजन लिभरपुलबाट आएका माने भने बायर्नमा राम्ररी जम्न सकिरहेका छैनन्। उनी केही समय घाइते भएकाले मैदान बाहिर थिए। यस्तोमा टचेलले उनलाई दोस्रो हाफमा मैदान छिराए पनि खेलको परिणाममा फरक पार्न सकेनन्।

पहिलो लेगमा ३ गोलले पछि परेपछि अब बायर्नले उसको घरेलु मैदानमा सिटीलाई ४-० को नतिजासहित हराउनुपर्ने चुनौती छ।

नयाँ प्रशिक्षक टचेल नेतृत्वको बायर्नलाई पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले नमिठो हार चखाएपछि ड्रेसिङ रुममासमेत त्यसको प्रभाव परेको हो। 

मैदानमै बहसमा उत्रिएका साने र माने हारपछि जब ड्रेसिङ रुममा पुगे, तब त्यहाँ कुटाकुटको अवस्था बन्यो। त्यसक्रममा मानेले सानेको अनुहारमा मुक्का हानेको समाचार सार्वजनिक भएको छ। 

समाचार अनुसार खेल मैदानमै देखिएको तनाव ड्रेसिङ रुममा कुटाकुटसम्म पुगेपछि टिमका साथीहरुले दुवैलाई छुट्यएका थिए। 

मानेलाई सानेसँगको व्यवहारका लागि क्लबले कारबाही गर्न सक्नेछ। समाचार अनुसार मानेसँगको झडपका क्रममा सानेको अनुहारमा चोट पनि लागेको छ। 

मैदानमा निराश र आक्रोशित देखिएका माने र साने भिडेपछि क्लब ब्यवस्थापनले उनीहरुलाई सम्झाएको थियो।

सिटीसँग नमिठो पराजयपछि बायर्न म्युनिखले यो शनिवार बुन्डेसलिगामा होफेनहेमविरुद्ध खेल्दैछ। बायर्न बुन्डेसलिगामा शीर्ष स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .