ad ad

समाज


सेन्ट्रल अफ्रिका रिपब्लिकमा खटिएका नेपाली शान्ति सेनाको बदली

सेन्ट्रल अफ्रिका रिपब्लिकमा खटिएका नेपाली शान्ति सेनाको बदली

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १३:२, काठमाडौँ

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिका रिपब्लिकमा खटिएको नेपाली शान्ति सेनाको अदली बदली भएको छ।

युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्ट्याबिलाइजेसन मिसन (मिनुस्का) मा सहभागी श्री जबरजंग गण (शान्ति सेना) हाइ रेडिसन प्रोटेक्सन बटालियन चौथो डफ्फा र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) सातौं डफ्फा (रेनफेर्स) लाई बदली गर्नको लागि श्री भवानीबक्स गण, पाँचौं डफ्फा र श्री सैनिक प्रहरी युनिट, आठौं डफ्फाका १६३ जना सैनिकहरुको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको जंगी अड्डाले जनाएको छ।

सो टोली सेनानी केशव बहादुर थापाको नेतृत्वमा इथिपियोन एयरलाइनसको विमानमार्फत मिशन ईलाकातर्फ प्रस्थान गरेको हो। प्रमुख सेनानी रित बहादुर रानाभाटको कमाण्डमा खटिएको उक्त गणका ४६७ तथा सैनिक प्रहरी युनिटका १०३ जना गरी जम्मा ५७० सकलदर्जाहरु यस अगावै मिशन ईलाकामा पुगिसकेका छन्। 

यस्तै, उक्त मिशनमा तैनाथ श्री जबरजंग गण, चौथो डफ्फा र श्री सैनिक प्रहरी युनिट, सातौं डफ्फाका १६२ जना सैनिकहरु प्रमुख सेनानी राजेशविक्रम शाहीको नेतृत्वमा बुधबा स्वदेश फिर्ता भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .