शहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा संकटाले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्यो।
खेलको २२ औं मिनेटमा संकटाका जुनिएर एकुंङगेले गोल गर्दै संकटालाई सुरुावती अग्रता दिलाएका थिए।
खेलको ३७ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै संकटाको अग्रता दोब्बर पारे। मनिषले एनरआटीका डिफेन्डरलाई छल्दै लगेको बलमा गोलरक्षक बिट भएको मौका छोपी बललाई पोष्टको जाली चुमाएका हुन्।
पहिलो हाफमा २–० ले पछि परेको संकटाले दोस्रो हाफमा एक गोल खान पुग्यो। खेलको ६२ औं मिनेटमा एनआरटीका निकोलस सर्ज संगले गोल गर्दै एनआरटीलाई २–१को अवस्थामा ल्याए।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा संकटाले जित हात पार्यो।
33
Shares
प्रतिक्रिया