ad ad

कला


दीपकलाई भुवनको जवाफ– बक्स अफिसमा देखिएको तथ्यांक नै आधिकारिक हो

दीपकलाई भुवनको जवाफ– बक्स अफिसमा देखिएको तथ्यांक नै आधिकारिक हो

फाइल फाेटाे : भुवन केसी र दीपकराज गिरी


नेपालखबर
चैत २९, २०७९ बुधबार १८:४६, काठमाडौँ

कलाकार तथा फिल्म निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डले आफ्नो फिल्म  ‘छक्कापञ्जा ४’ ले गरेको आम्दानीको गलत रिपोर्ट दिएको आरोप लगाएपछि बोर्डका अध्यक्ष भुवन केसीले जवाफ दिएका छन्। 

गिरीले बुधबार बोर्ड अध्यक्ष केसीप्रति आक्रोश व्यक्त गर्दै फेसबुकमा लेखेका छन्, ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ, यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ, हाम्रो क्षेत्रमा।’

यस विषयमा बोर्ड अध्यक्ष केसीले पनि फेसबुकमार्फत नै गिरीलाई जवाफ दिएका हुन्। 

‘कुन निर्माताको मुखमा कुन फिल्मले कति कमायो, कुन वितरक र हलवालाको मुखमा कति कमायो त्यसको सरकारलाई  जानकारी र अर्थ हुँदैन’, अध्यक्ष केसीले लेखेका छन्, ‘नेपाल साकारले बक्स अफिस लागू गरेको छ। देशभरका हल बक्स अफिसमा जोडिएको छ। त्यहाँबाट बक्स अफिसमा देखिएको तथ्यांक नै आधिकारिक हो। कुनै हल बक्स अफिसमा जोडिएको छैन र बाहिरबाट तथ्यांक दिइरहेको छ भने त्यो कानुनविपरीत छ।’

अध्यक्ष केसीले बक्स अफिस लागू नगर्ने हल कानुनको दायरामा आउने चेतावनी पनि दिएका छन्। उनले भनेका छन्, ‘आशा छ, सबै हल बक्स अफिसमा जोडिएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .