खेल


लिभरपुलले आर्सनललाई रोक्यो

लिभरपुलले आर्सनललाई रोक्यो

नेपालखबर
चैत २७, २०७९ सोमबार ६:४८, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्षस्थानको आर्सनललाई बराबरीमा रोकेको छ। 

आइतबार राति एलफिल्डमा लिभरपुलले २–० ले पछि परेको स्थिती उल्टाउँदै आर्सनलसँग अंक खोसेको हो। 

पछिल्लो समय खराब लयबाट गुज्रिरहेको लिभरपुलका लागि मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल फर्काउँदै टोलीको हार टारेका थिए। 

त्यसअघि आर्सनलका गाव्रिएल मार्टिनेली र गाव्रिएल जेससले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको आठौं मिनेटमा मार्टिनेलीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

२८औँ मिनेटमा गाब्रिएल जेससले मार्टिनेलीकै पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। तर खेलको ४२औँ मिनेटमा मोहमद सलाहले गोल गर्दे लिभरपुललाई २–१ को अवस्थामा ल्याए। 

पहिलो हाफमा २–१ ले पछि परेको लिभरपुलका लागि ८७औँ मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए। 

खेलमा सुरुवाती अग्रता बनाएपनि आर्सनल खेलमा सम्हालिन नसक्दा स्पष्ट ३ अंक गुमाउन बाध्य भयो। 

बराबरीसँगै शीर्षस्थानमा रहेको आर्सनल ६ अंकले अग्रता बनाएको छ। आर्सनलले ३० खेलबाट ७३ अंकमा शीर्ष स्थानमा छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ६७ अंक छ। लिभरपुल २९ खेलबाट ४४ अंक जोडेर आठौं स्थानमा छ। 

गएराति नै भएको अर्को खेलमा क्रिस्टल प्यालेसले लिड्समाथि ५–१ को शानदार जित दर्ता गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .